Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – गत हप्ता जापानको साइतामाकेनमा मृतक अवस्थामा फेला परेका बागलुङ गल्कोट घरभई चितवन बसोबास गर्दै आएका योगेन्द्र गैरेको भोलि टोकियोमा अन्तिम दाहसँस्कार हुन गईरहेकोले उक्त अवसरमा उपस्थित भईदिन उनका आफन्तहरुले जापानबासी नेपालीहरुमा हार्दिक अनुरोध गरेका छन् ।

रोजगारीको सिलसिलामा ५ बर्ष अगाडि जापान आएका गैरे केहि महिना आगाडिदेखि साहुले काम नदिएको र तलब पनि अत्यन्तै कम दिएकोले कामको खोजीमा भौतारिरहेको र अधिक मदिरा तथा चुरोट सेवन गर्दै आईरहेका थिए भने उनी प्रायः नजिकैको पार्कतिर बरालिने गरेको पनि उनका आफ़न्तहरु बताउँछन । अधिक मदिरा सेवनकै अवस्थामा समुद्रमा हामफालेर उनको मृत्यु भएको हुन सक्ने साइतामा प्रहरीले बताएको पनि आफ़न्तहरुले बताए ।

मृतक गैरेको भोलि अप्रिल ३० तारिख सोमबारका दिन अन्तिम दाहसँस्कार गरिने कार्यक्रम रहेकोले जापानबासी नेपालीहरु उपस्थित भै सहयोग गर्न उनका आफन्तहरुको तर्फबाट भूमप्रसाद गैरेले हार्दिक आग्रह गरेका छन् ।

दाहसंस्कार गरिने स्थान: 
Tokyo, Itabashi -Ku,  Funado 4-15-1 ,   Tel: 03-3966-4241  थप जानकारी का लागि : 090-8493-3696

 

तपाईको प्रतिक्रिया