Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – साईतामा केनको तोदा क्षेत्रको स्थानिय नदिमा मृत अवस्थामा भेटिएका बागलुङ नरेठाँटी – ३ का योगेन्द्र गैरेको मृत्युको कारण पानीमा डुबेर भएको प्रहरीले बताएको छ । छानबिनअनुसार गैरेले नदिमा हाम फालेर आत्महत्या गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

केहि बर्ष अगाडि कुक भिसामा जापान आएका गैरे लामो समयदेखि बेरोजगार रहेको र रोजगारीको खोजीमा फुकुओका, फुकुसीमा हुँदै साईतामा केन आईपुगेका थिए ।

मृतक गैरेको वास्तविकता बुझ्नका लागि आज त्यसतर्फ गएको एनआरएन जापानको टोलीलाई छानबिनमा संलग्न तोदा प्रहरी बिभागले गैरेको शरिरमा कुनै चोटपटक नलागेको र हत्या भन्न मिल्ने त्यस्तो कुनै प्रमाण नभेटिएकोले आफै पानीमा हाम फालेर आत्महत्या गरेको हुन सक्ने बताएको हो । गैरेको मृत्युको कारण पानीमा डुबेर भएको प्रहरीले बताएको छ ।

बुधबार बिहान गैरेको शव नजिकैको नदिमा तैरिरहेको अवस्थामा स्थानिय केटाकेटीहरुले देखेपछि प्रहरीमा खबर गरेको र प्रहरीले उनको पहिचान गरेपछि नेपाली दूतावासमा खबर गरेको थियो ।

बेरोजगारी अवस्थामा रहेका गैरे केहि दिन अगाडि देखि सो क्षेत्रमा मगन्तेकारुपमा पैसा मागेर जिविका चलाउँदै आएको थाहा पाएको स्थानिय प्रहरीले बिभिन्न ठाउँमा क्यामेरा जडान गरी उनको दैनिक क्रियाकलाप बारे निगरानी गर्दै आईरहेको पनि बताएको छ । क्यामेरामा कैद गरिएको पछिल्लो रेकर्डअनुसार मृतक गैरैले अघिल्लो दिन १ हजार येन निकालेर स्थानिय पसलमा चुरोट किनेको पत्ता लागेको छ ।

बेरोजगारका कारण चरम आर्थिक संकटबाट गुज्रेका गैरेले आत्महत्याको बाटो रोजेको हुन सक्ने प्रहरीको आशंका रहेको छ ।

मृतक गैरेको यथास्थितिबारे जानकारी लिन आज एनआरएन अध्यक्ष ओम गुरुङ, उपाध्यक्ष बिष्णुहरि रेग्मी, कोषाध्यक्ष नरबहादुर थापा, आईसीसी सदस्य अरुणकुमार श्रेष्ठ, कान्तो उपाध्यक्ष प्रेम कँडेललगायत घटनास्थल पुगेका हुन ।

मृतक गैरेको शव हाल स्थानिय प्रहरी कार्यालयमा राखिएको छ । परिवारको आधिकारिक सदस्य आएमा शव जिम्मा लगाउने प्रहरीले बताएको छ । गैरेको नेपालमा बाबा-आमा, श्रीमती र २ छोरा छन । ***

तपाईको प्रतिक्रिया