Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो- रेमिट्यान्स कम्पनी आईएमईले नागोयामा पनि आफ्नो शाखा कार्यालय स्थापना गरी सेवा बिस्तार गर्ने भएको छ ।

जापानमा प्रतिष्ठित बित्तिय कम्पनी क्योदाईसंगको सहकार्यमा मनी ट्रान्सफर कारोबार गर्दै आईरहेको बैदेशिक मनी रिमिट्यान्स कम्पनी आईएमईले राजधानी टोकियोबाहिरका आफ्ना ग्राहकहरुको सेवालाई ध्यानमा राखी नागोयामा पनि शाखा काउन्टर बिस्तार गर्ने भएको हो । आउँदो २२ तारिख आइतवार नागोयामा एक समारोहकाबीच उक्त शाखा कार्यालयको उदघाटन गरिने आईएमई जापानका नेपाल डाईरेक्टर राजीव श्रेष्ठले बताए ।

अपरान्ह ५ बजे हुने शाखा कार्यालयको उदघाटन समारोहमा उपस्थित हुन सम्बन्धित क्षेत्रका आफ्ना सेवाग्राही तथा समाजका लब्ध प्रतिष्ठित महानुभावहरुमा आईएमई जापानले अनुरोध गरेको छ ।

नागोयाकेनको नाका कु अन्तरगत साकाय क्षेत्रमा आईएमईले आफ्नो शाखा बिस्तार गर्न लागेको हो । बिश्वका धेरै मुलुकहरुमा आफ्नो कारोवार सञ्चालन गर्दै आएको आईएमईको जापानको प्रधान कार्यालय भने सिन्जुकु क्षेत्रमा पर्ने सिन-ओकुबोमा रहेको छ । ****

 

 

तपाईको प्रतिक्रिया