Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – नमस्ते ब्यान्डका संस्थापक तथा चर्चित गायक इश्वर तमु र नेपालदेखि पाल्नु भएका राष्ट्रिय गणतान्त्रिक युवा मोर्चाका केन्द्रीय अध्यक्ष सुरेन्द्र बहादुर तमुलाई एक कार्यक्रमकाबीच तमु धीं जापानद्वारा स्याई तथा सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एनआरएन जापानका अध्यक्ष ओम तमुले गायक इश्वर तमु र मोर्चाका अध्यक्ष सुरेन्द्र बहादुर तमुलाई खादा लगाई स्याई तथा सम्मान गर्नुभएको थियो । साथै कार्यक्रममा बोल्नु हुँदै उहाँले गायक तथा तमु धीं का सल्लाहकार इश्वर तमुको शीघ्र स्वास्थ्य लाभको कामनाका साथ तमु धीं जापानले यस्तो स्याई कार्यक्रम गरेर तमु जातिहरुको संस्कार संस्कृतिको संरक्षण गर्दै आफ्नो कर्तव्य पूरा गरेको अनुभब भएको बताउनु भयो । गायक इश्वर तमु लामो समयदेखि घाँटी रोगको समस्याबाट पीडित हुनुहुन्थ्यो भने उहाँको केही समय अघि जापानको टोक्योमा अवस्थित हियोसी अस्पतालमा घाँटीको सफल शल्यक्रिया गरिएको थियो ।

सोही कार्यक्रममा बिशेष अतिथि राष्ट्रीय गणतांत्रिक युवा मोर्चाका अध्यक्ष सुरेन्द्र बहादुर तमुले प्रवाशी भूमिमा रहेर पनि तमु धीं जापानले यसरी नै सबै तमुहरुलाई समेटेर हातेमालो गर्दै अगाड़ी बढ्नु पर्ने बताउनु भयो । साथै सम्मानित गायक एवं धीं का सल्लाहकार इश्वर तमुले आफुलाई संस्थाले यसरी सम्मान गरेकोमा धेरै गौरव लागेको कुरा व्यक्त गर्दै संस्थालाई आगामी दिनमा पनि आफ्नो कार्य क्षमताले भ्याएसम्म सामाजिक सेवाको भावनाका साथ सहयोग गरिरहने बताउनु भयो । उहाँलाई कार्यक्रममा धीं का सम्पूर्ण कार्यसमिति सदस्यहरुले स्वास्थ्य लाभको कामना गर्दै खादा लगाई स्याई गरिएको थियो । कार्यक्रम धीं का अध्यक्ष हर्क तमुको अध्यक्षतामा कामातामा अवस्थित देबी रेस्टुरेन्टको हलमा अप्रिल-८ तारिख आइताबारका दिन भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव कुमार तमुले गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा धीं का महासचिव कुमार तमुले तमु धीं जापानको महासचिव पदबाट राजीनामा दिनु भएको छ । राजीनामा दिनुको कारणबारे उहाँले केही व्यक्तिबाट संस्थामा गैर जिम्मेवारी पदीय लालच र व्यक्तिगत स्वार्थ भावनाको हाबी भएको संस्थामा आवाद्ध यस्ता व्यक्तिको दवाबमा रहेर काम गर्न नसक्ने साथै संस्थाले सही र गलत काम गर्ने व्यक्तिलाई सही ढंगले छानबीन गरेर नछुट्याएसम्म महासचिव पदमा रहेर काम गर्न नसक्ने भन्दै राजीनामा दिएको बताउनु भयो ।

 

तपाईको प्रतिक्रिया