Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – मुटुरोगको बिरामीका कारण जीवन मरणको दोसाँधमा रहेकी चितवन रत्ननगरकी १० बर्षिया बालिका अलिसा दुवाडीको शल्यक्रियाको लागि जापानबाट आर्थिक तथा नैतिक रुपमा सहयोग गर्ने जापानबासी नेपाली तथा जापानीहरूलाई सो कार्यको लागि संयोजन गरेको संस्था उइ फर अल (हामी सबैका लागि) ले गत आइतबार टोकियोमा एक समारोहको आयोजना गरी सम्मान तथा धन्यबाद ब्यक्त गरेको छ ।

आयोजक संस्थाका अध्यक्ष सरोजकुमार खत्रीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिको आसनबाट आफ्नो मन्तब्य दिदै एनआरएन जापानका अध्यक्ष ओम गुरुङले उइ फर अलको उक्त कार्यको सह्नाना गर्दै आगामी दिनमा पनि यस किसिमको कार्यको लागि शुभकामना ब्यक्त गर्नुभयो । जापानमा रहेका हरेक नेपाली संघ-संस्थाहरूले आफ्नो प्रकृतिअनुसार एक एक वटा सामाजिक कार्यहरूलाई अगाडि बढाउनुपर्ने बिचार श्री गुरुङले त्यस अवसरमा ब्यक्त गर्नुभयो ।

उइ फर अलको सो कार्यको लागि धन्यबाद तथा शुभकामना ब्यक्त गर्नेहरुमा एनआरएन आइसीसी  एशिया प्रशान्त उप-संयोजक किरणबिक्रम थापा, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष तथा समुद्रपारि डट कम र नेपाली समाचार पत्रिकाका प्रधानसम्पादक तिलक मल्ल, नेपाली जनप्रगतिशील मोर्चा जापानका अध्यक्ष बेलु थापा, नेपाली जन-सम्पर्क समिति जापानका कार्यबाहक अध्यक्ष पासाङ शेर्पा, अन्तरराष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष शालिकराम भण्डारी, टोक्योनेपाल डट कमका प्रतिनिधि पुष्करजंग थापा लगायतका हुनुहुन्थ्यो । बक्ताहरूले उइ फर अलको  उक्त कार्यको प्रशंसा तथा अलिसा दुवाडीको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै यो अभियान आगामी दिनमा पनि निरन्तर रहोस भन्ने कामना ब्यक्त गरेका गर्नुभएको थियो । सो सम्मान कार्यक्रममा उइ फर अलका अध्यक्ष सरोजकुमार खत्रीद्वारा बालिका अलिसा दुवाडीलाई सहयोग रकम हस्तान्तरण गरिएको भिडियो तथा बालिकाको शल्यक्रिया पछिको अवस्थाबारे जानकारी गराउने भिडियोहरू पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा उपस्थित बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू लगायत अलिसा बचाउ अभियानमा सहयोग गर्ने महानुभावहरूलाई प्रमुख अतिथिले सम्मान पत्र र खादार्पण गरेर सम्मान गर्नुभएको थियो ।

सम्मान कार्यक्रम र सांस्कृतिक कार्यक्रम गरी दुई चरणमा बिभाजित सो कार्यक्रममा उपस्थित सबैलाई कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष सरोजकुमार खत्रीले धन्यबाद ब्यक्त गर्नुभएको थियो भने सोही संस्थाका उपाध्यक्ष दिपकबाबु नेपालले उपस्थित महानुभावहरूलाई स्वागत मन्तब्य मार्फत स्वागत गर्नुभएको थियो । कार्यक्रमको शुरुमा गत बर्षको मार्च ११ तारिखका दिन जापानमा गएको महा-भूकम्प तथा सुनामीको बार्षिकिको उपलक्षमा सो महा-भूकम्पमा ज्यान गुमाउनेहरुको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रमको दोश्रो चरणमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । जसमा  पवित्रा रेग्मी, मिना केसी लगायतका स्थानिय नेपाली कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए । *

हेर्नुहोस् फोटो फिचर

तपाईको प्रतिक्रिया