Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – थकाली सेवा समिति टोकाई जापानले थकाली जातिको परम्परा अनुसार कन्या कुवरले पूजापाठका साथै विभिन्न कार्यक्रम गरी फागु पुर्णिमा (तोरण ल्हा) भब्य रुपमा मनाए मनाएको छ ।

शनिबार आइची केनस्थित मिकावा टोयोटाको एक नेपाली रेस्टुरेन्टको सभाकक्षमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ जापानका सहअध्यक्ष जिग्मे शेर्पा थिए भने अतिथिहरुमा नेपाल मगर संघ टोकाई जापानका श्याम राना मगर, शेर्पा संघ जापानका पासाङ्ग शेर्पा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रमको संचालन थ.से.स. टोकाई जापानका सचिव योगेन्द्र शेरचनले गरेका थिए भने सभापतित्व समितिका अध्यक्ष चन्द्र शेरचनको रहेको थियो । थकाली जातिको परम्परा अनुसार कन्या केटि मन शेरचन र कुवर केटा प्रकाश तुलाचन ले पूजा पाठ गरेका थिए ।

कार्यक्रमको बारेमा समितिका सल्लाहकार बिरेन्द्र शेरचनले पारेका थिए भने मन्चमा आसिन सबैले कार्यक्रमको पूर्ण सफलताको शुभकामना मन्तव्य दिएका थिए । प्रमुख अतिथि शेर्पाले शुभकामना दिने क्रममा आदिवासी जनजातीहरुको हरेक पर्बहरुको संरकक्षण सरकारी तहबाट हुनुपर्नेमा जोड दिएका थिए ।

अन्तमा सभापति शेरचनले सबैलाई धन्यवाद व्यक्त गर्दै पहिलो चरणको कार्यक्रमको समापन गरेका थिए र दोश्रो चरणमा प्रवेश गर्दै स्थानीय चर्चित कलाकारहरुले नेपाली लोकभाका तथा विभिन्न गीत संगीतसँगै नाचगान गरी रमाइलो गरेका थिए ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया