Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
विराटनगर- एकीकृत माओवादीका पोलीटब्युरो सदस्य एवं आपूर्ति मन्त्री लेखराज भट्टले सभासद् बालकृष्ण ढुङेलको मुद्दा जनयुद्ध कालकै भएकाले राष्ट्रपतिले मुद्दा फिर्ताको सिफारिस कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ ।
विराटनगर विमानास्थलमा आज संचारकर्मीहरुसंग कुरागर्दै उहाँले  सभासद ढुंगेलको मुद्दा शान्ति प्रकृया भन्दा अगाडीको भएकाले १२ बुँदे सहमती अनुसार फिर्ताको सिफारिस गरिएको स्पष्ट पार्नुभयो ।
ढुंगेलजीको मुद्दा विशुद्ध जनयुद्धकालको राजनीतिक हो त्यसैले त्यस समयको घटनालाई लिएर मुद्दा चलाउने हो भन्ने माओवादी सबै नेतालाई मुद्दा लाग्ने र १२ बुँदे शान्ति सम्झौता निरर्थक हुने उहाँको भनाई थियो ।
मन्त्रीपरिषद्को सिफारिस राष्ट्रपतिले कार्यान्वयन गर्नु पर्ने संबैधानिक ब्यवस्था भएकाले ढुंगेलको मुद्दापनि मन्त्रिपरिषद्ले निर्णय गरेर फिर्ताको सिफारिस गरेकोले सदर गर्नुपर्ने उहाँले जिकिर गर्नुभयो । ढुंगेलले गणतन्त्र स्थापनार्थ के कस्तो भूमिका निर्वाह गर्नुभयो  त्यसको पनि मुल्याकंन सबै राजनैतीक दल तथा जनताले गर्नुपर्ने धारणा राख्दै मन्त्री भट्टले शान्ति प्रकृया पुरा गरी संविधान निर्माण गर्ने समयमा जनयुद्ध कालको घटनालाई लिएर कसैलेपनि विवादको विषय बनाए शान्ति प्रकृया नै धरापमा पर्नसक्ने चेतावनी समेत दिनुभयो ।

तपाईको प्रतिक्रिया