काठमाडौं– सरकारले खर्च मितव्ययिता निर्देशिका जारी गरेपछि अर्थमन्त्री वर्षमान पुनले आफूले चढ्दै आएको टोयोटा गाडी विक्री गरेका छन् ।अर्थमन्त्रालयका अनुसार मन्त्री पुनले मन्त्रालयमा थन्किएको करिव ३० लाख पर्ने स्कोरपियो नामको पुरानो गाडीलाई मर्मत गरेर चढ्न थालेका छन् । मर्मतका लागि मात्रै २ लाख खर्च भएको छ ।
पुन अर्थमन्त्री भएलगत्तै सस्तो गाडी चढ्ने घोषणा गरेका थिए ।








