Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
काठमाडौं- सात बुँदे सहमतिपछि पनि दलहरुबीच तिक्तता उत्तिकै रहेपछि नयाँ संविधान बन्ने/नबन्ने टुंगो नलागेको अवस्थामा नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले गाउँका कार्यकर्ताहरूलाई चुनावको तयारीमा लाग्न निर्देशन दिनुभएको छ ।
उत्तरी मकवानपुरको फाखेलमा आयोजना गरिएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष खनालले नयाँ संविधान निर्माणसँगै चुनाव निश्चित भएकाले त्यसतर्फ केन्दि्रत हुन कार्यकर्तालाई अनुरोध गर्नुभयो । फाखेलको खड्बुस्थित मितेरी युवा क्लबको भवनमा भएको कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज वीरबहादुर लामा, मकवानपुर जिल्ला कमिटी सदस्य सुवास ठकुरी, देवकृष्ण पुडासैनी, काठमाडौँ जिल्ला कमिटी सदस्य गुन्जमान सिंह बस्नेतलगायतले प्रशिक्षण दिनुभएको थियो ।
गाउँ कमिटी सदस्य केशरराज लामाको सभापतित्वमा भएको भेलाको कुन्साङ लामाले सञ्चालन र जीवन लामाले स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया