Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
काठमाडौं- ललितपुरको धापाखेलमा मंगलबार राति अज्ञात समूहले गोली हानेर कपडा व्यापारीको हत्या गरेको छ ।
मोटरसाइकलबाट घर जाँदै गरेका ललितपुर जिल्ला झरुवारासी – ३ घर भई हाल काठमाडौँको ठमेलमा कपडा पसल गरी बस्ने ४० वर्षीय श्रबण खड्कालाई धापाखेल – ९ त्रिबेणीघाट स्थित राति करिब ८ बजे मोटरसाइकलमा घर जाने क्रममा गोली हानिएको थियो।
प्रहरीका अनुसार ५ जनाको समूहले उनको छातिमा गोली हानी घाइते बनाएका थिए। उनका आफन्तहरूले खड्कालाई बीएन्डबी अस्पताल लग्दै गर्दा बाटैमा मृत्यु भएको हो।
घटनामा संलग्न अभियुक्तहरुको तत्काल प्रहरी परिचालन गरी खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया