Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
काठमाडौं- चीनले नेपाली सेनाको छाउनीको वीरेन्द्र अस्पताललाई आधुनिक उपकरणले सज्जित गर्न नेपाली सेनालाई ४ करोड ९० लाख चिनियाँ युआन (करिब ६० करोड २७ लाख रुपियाँ) बराबरको सैनिक सहयोग उपलव्ध गराउने भएको छ।
प्रधान सेनापति छत्रमानसिंह गुरुङ र त्यहाँका सेनाध्यक्षबीच यससम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो । उक्त सहयोग लिन सरकारले स्वीकृति दिएको थियो ।
चीन भ्रमणमा रहेका प्रधान सेनापति गुरुङको नेतृत्वमा रहेको छ सदस्यीय भ्रमण दल आइतबार बिहान स्वदेश फर्केको हो। जनमुक्ति सेनाको मुख्यालयमा प्रधान सेनापति गुरुङको सम्मानमा चिनियाँ जनमुक्ति सेना, जल सेना तथा हवाई सेनाको संयुक्त टुकडीले सम्मान गारत अर्पण गरेको जनसम्पर्क निर्देशनालयले जनाएको छ।
गुरुङको सम्मानमा चिनियाँ जनमुक्ति सेनाका सेनाध्यक्षले आयोजना गरेका रात्रिभोजमा चीनका लागि नेपाली महामहिम राजदूत टङ्कप्रसाद कार्कीको समेत उपस्थिति थियो। गुरुङलाई बलाध्यक्ष रथी गौरवशमशेर जवराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरेका थिए।
भ्रमण दल कात्तिक १३ गते चीन प्रस्थान गरेको थियो।

तपाईको प्रतिक्रिया