Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
काठमाडौं– साइकलद्वारा बिश्व भ्रमणमा निस्केका एक नेपाली साइकलयात्री बंगलादेशमा लुटिएपछि स्वदेश फर्किएका छन् ।
स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई एउटै मालामा गांसेर देश निर्माणमा जुटौं भन्ने उद्येश्यका साथ बिश्व भ्रमणमा निस्केका कपिलबस्तु भलवाड गाबिस ५ बस्ने ३७ वर्षीय हेमराज पौडेल यात्राकै क्रममा लुटिएपछि अहिले आर्थिक अभावकै कारण मेचीनगरका उद्योगी व्यबसायीहरुसँग सहयोगको आग्रह गर्दे हिँडिरहनु भएको छ ।
बंगलादेशमा लुटिएपछि खर्च अभावमा दुःख कष्ट गर्दे झापाको मेचीनगर आइपुगेको बताउँदै उहाँले मुलुकलाई दूव्यर्सन रहित बनाउने र बिश्वभर छरिएर रहेका आम नेपालीलाई एउटै हौं भन्ने प्रमुख भावनाको बिकाश गर्ने अभिप्रायले साईकलद्वारा सन् २००९ बाट कपिलबस्तु देखि बिश्व भ्रमणको यात्रा सुरु गरेको बताउनुभयो ।
अहिले सम्म पौडेलले नेपालका ६४ जिल्ला तथा भारतका १२ प्रान्तको भ्रमण गरिसकेको बताउँदै भ्रमणकै क्रममा बंगलादेशको मागुरा भन्ने स्थानमा सम्साँझै आफु लुटिए पछि बेखर्ची भएर अनेक स्थानमा सहयोग माग्दै यहाँ सम्म आइपुगेको जानकारी दिनुभयो ।
उहाँ चीन, भूटान, पाकिस्तान हुँदै बंगलादेश पूग्नु भएको थियो । लुटेराले उहाँको साथमा रहेको सामसुङ्ग कम्पनीको डिजिटल क्यामरा एक थान साथमा रहेको रकम लुटेर लगिदिए पछि बाँकी यात्रा अगाडि बढाउन नसकिएको बताउनुभयो । ।

तपाईको प्रतिक्रिया