Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
काठमाडौं– नेपाल सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष श्यामसुन्दर गुप्तालाई मन्त्री परिषदमा सहमति नभई सभासदमा नियूक्त गरिएको भन्दै सर्वोच्च अदालतले २०६७ साल माघ २८ पदमुक्तको फैसला गरेकोमा पुनः पुर्नबहालीको आदेश दिएको छ ।
गुप्तालाई सात दलको सहमतिमा मन्त्री परिषदले सर्वसम्मतिले २०६५ साल असार २० गते सभासद् पदमा मनोनयन गरेको थियो । दुई वर्षको कार्यकाल समाप्त भए पछि मन्त्रिपरिषदमा सहमति नभएकोले भन्दै उनलाई अदालतले पदमुक्त गरेको थियो ।
जसमा गुप्ताले  सर्वोच्चमा पुनरवालोकन रिट दायर गरेका थिए ।  ज्ञानेन्द्र कार्की, कल्याण श्रेष्ठ र बैजनाथ उपाध्यायको संयूक्त ईजलासले बिहीबार गुप्तालाई पुर्नबहालीको आदेश दिएको हो ।

तपाईको प्रतिक्रिया