Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

काठमाडौं – नेपालमा डेंगुका बिरामी दिनप्रतिदिन थपिँदै गइरहेका छन्। पछिल्लो दुई हप्तामा मात्र २ हजारभन्दा बढी बिरामी थपिएका छन्।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दुई साताअघि असार २५ गते सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुसयता एक हजार एक सय ९२ जना बिरामी फेला परेका थिए। तर असार २५ देखि साउन ५ गतेसम्म दुई हजारभन्दा बढी बिरामी थप भएका छन्।

डेंगुका थप भएका बिरामी पनि अस्पताल तथा स्वास्थ्य संस्थाको सम्पर्कमा आएका मात्र हुन्। स्वास्थ्य संस्थाको सम्पर्कमा नआएका बिरामी अझ धेरै रहेको महाशाखाको अनुमान छ। महाशाखाका अनुसार पछिल्लो दुई सातामा सबैभन्दा धेरै सुनसरीमा बिरामी थपिएका छन्। सुनसरीमा दैनिक सयभन्दा बढी बिरामी थप भएको विवरण महाशाखामा आउन थालेको छ। बिरामी थपिँदै गएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै ज्वरो क्लिनिक नै सञ्चालनमा ल्याएको छ।

महाशाखाको तथ्यांक अनुसार पुसयता नेपालमा तीन हजारभन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ। यीमध्ये दुई हजारभन्दा बढी संक्रमित पछिल्लो दुई सातामा थपिएका हुन्।

यी हुन् धेरै बिरामी देखिएका १० जिल्ला, कुन जिल्लामा कति बिरामी

सुनसरी- १५७१
धादिङ – २५८
दार्चुला – १८८
कास्की – १४९
संखुवासभा – ५८
काठमाडौं – ४६
कञ्चनपुर – ३९
भक्तपुर – ३५
म्याग्दी – ३५
झापा – ३२

गत वर्ष नेपालमा स्वास्थ्य संस्थाको रेकर्डमा आएका डेंगुका बिरामीको संख्या ५४ हजार ७ सय ८४ जना थियो।

तपाईको प्रतिक्रिया