Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

काठमाडौँ – फिल्म ‘होस्टेल-३’ को गीत ‘रक अन’ युट्युबमा सार्वजनिक भएको छ। यो गीत फिल्मको अन्त्यमा राखिएको छ र यसमा पारस बम ठकुरी ‘कुलब्वाइ’ र रिहान गिरीका साथ समीर काजीको स्वर छ। गीतको शब्द र संगीत महेश ज्ञवालीको हो भने एरेन्ज योगेश काजीले गरेका छन्। निर्देशक सशान कँडेलका अनुसार, दर्शकको माग पछि यो गीत इन्टरनेटमा रिलिज गरिएको हो।

‘होस्टेल-३’ ले नेपाली बजारमा राम्रो व्यापार गरिरहेको छ। फिल्मले पहिलो हप्तामा ४ करोड ३२ लाख रुपैयाँ कमाएको छ। दोस्रो हप्तामा पनि व्यापारमा कमी नआएको निर्देशकले बताएका छन्। फिल्ममा पारस बम ‘कुलब्वाइ’, सिम्रन पन्त, आशिष घिमिरे, रिहान गिरी, हेना नगरकोटी लगायतको मुख्य भूमिका छ। फिल्मको पटकथा माधव शर्माको हो भने निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन्। फिल्म फागुन २३ गतेदेखि प्रदर्शनमा छ।

तपाईको प्रतिक्रिया