Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

काठमाडौँ – शहरी विकास मन्त्रालयले नदी किनारका जोखिममा रहेका बस्ती हटाउने क्रममा छुटेका नागरिकलाई तुरुन्त सम्पर्कमा आउन आग्रह गरेको छ। मन्त्रालयले आइतबार सूचना जारी गर्दै सहयोग आवश्यक भएका तथा हाल अस्थायी रूपमा अलमलमा परेका व्यक्तिहरूलाई दर्ता प्रक्रियामा सहभागी हुन अनुरोध गरेको हो।

मन्त्रालयका अनुसार प्राथमिक दर्ता केन्द्रका रूपमा दशरथ रंगशाला तोकिएको छ, जहाँ उपस्थित भएर विवरण दर्ता गर्न सकिनेछ।सरकारले वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल अभिलेख तयार गरी ‘होल्डिङ सेन्टर’ मार्फत व्यवस्थापन गर्ने योजना बनाएको जनाएको छ। ती केन्द्रहरूमा बसोबास, खाना, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा र मनोपरामर्शजस्ता आधारभूत सुविधा उपलब्ध गराइएको छ।

मन्त्रालयले विशेष गरी आफैं व्यवस्थापन गर्न नसक्ने आर्थिक रूपमा कमजोर नागरिकलाई यी सेवाहरूको उपयोग गर्न आग्रह गरेको छ। साथै, दीर्घकालीन र सुरक्षित पुनर्स्थापनाका लागि सरकार प्रतिबद्ध रहेको पनि जनाएको छ।

तपाईको प्रतिक्रिया