Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली भाषाको थ्रीलर एवं रोमान्टिक फिल्म ‘एक्टर: टेक वन’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ। कानूनी अवरोध खेप्दै आएको प्रदीप खड्का स्टारर यो फिल्म अन्ततः दर्शकमाझ आएको हो। राजन भुसाल निर्देशित फिल्ममा प्रदीप खड्का, आना शर्मा, राजवल्लभ कोइराला र दिब्या रायमाझीको अभिनय रहेको छ। यो फिल्म १३६ मिनेट लामो छ र पीजी सर्टिफिकेट प्राप्त गरेको छ।

बलिउड एक्सन थ्रीलर ‘देवा’ पनि शुक्रबारदेखि हलमा लागेको छ। शाहिद कपुर र पूजा हेग्डे अभिनीत यो फिल्म एक कुशल प्रहरी हाकिमले शक्तिशाली व्यक्तिहरू संलग्न मुद्दा छानबिन गर्दा भोग्ने चुनौतीको कथामा आधारित छ। फिल्मको रनटाइम १५७ मिनेट रहेको छ।

यस्तै, जापानी एक्सन एड्भेन्चर एनिमेटेड फिल्म ‘माइ हिरो अकाडेमिया: यू आर नेक्स्ट’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ। ११० मिनेट लामो यो फिल्मले पनि पीजी सर्टिफिकेट प्राप्त गरेको छ।

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया