Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026
अष्ट्रेलिया– सिड्नीको पर्यटकीय स्थल डार्लिङ हावर्डमा आयोजित नेपाल फेस्टिबलमा एमाले केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री भीम रावलविरुद्ध नाराबाजी भएको छ ।
फेस्टिबलको उदघाटन कार्यक्रममा सहभागी रावलविरुद्ध आदिवासी जनजाति समुदायले विरोध गरेका हुन् । एमाले जातीय संघीयताको विरोधी रहेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
रावल र एमाले नेता प्रकाश ज्वालाविरुद्ध पोर्चुलनमा पनि यसअघि प्रदर्शन भएको थियो । रावल एमाले विदेश विभाग प्रमुख हुन् । रावलले भने जतिसुकै विरोध प्रदर्शन र नाराबाजी गरे पनि मुलुक टुक्र्याउने विषयमा सम्झौता नगर्ने दृढता व्यक्त गरे ।
फेस्टिबलमा करिव ३० हजार नेपालीले अवलोकन गरेका गैर आवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाका अध्यक्ष गणेश केसीले जानकारी दिए ।
अस्ट्रेलियामा नेपालको कला संस्कृति, परम्परा र पर्यटन प्रवर्द्धन गर्न आयोजित यो मेला झण्डै १० घण्टासम्म चलेको थियो ।
महोत्सव स्थल वरपर नेपालको झण्डा फहराइएको थियो भने दौरा सुरुवाल र सारी चोलोमा सजिएर सयौँ नेपाली भेला भएका थिए ।
कार्यक्रममा शिक्षा मन्त्री दीनानाथ शर्मा, उद्योग मन्त्री अनिलकुमार झा, एमाले नेता भीम रावल, अष्ट्रेलियाका लागि नेपाली राजदुत रुद्रकुमार नेपाल, एनआरएन अध्यक्ष जीवा लामिछाने, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो एनआरएन अष्ट्रेलियाका अध्यक्ष गणेश केसी लगायतले सम्वोधन गरेका थिए ।
सन् २००८ बाट एनआरएन अष्ट्रेलियाले सुरु भएको नेपाल फेष्टिबल प्रत्येका दुई दुई वर्षमा हुने गरेको छ ।

तपाईको प्रतिक्रिया