Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026
विराटनगर– नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले विगतमा भएका सहमतिलाई उल्लंघन गरेर पार्टी सभापतिले गम्भीर त्रुटि गरेको आरोप लगाउनु भएको छ ।
भ्रातृ संगठन विघटन नगर्ने सहमतिमा उपसभापतिमा रामचन्द्र पौडल र महामन्त्रीमा कृष्णप्रसाद सिटौलालाई आफूहरूले समर्थन गरेको स्मरण गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सभापति सुशील कोइरालाको एकलौटी निर्णयले पार्टीलाई कमजोर बनाउने बताउनुभयो ।
नेपाल तरुण दल नगर समिति विराटनगरले दीपावलीको अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले गत वर्ष देशभर कांग्रेसले गरेको कार्यक्रममा कार्यकर्ताहरूको उपस्थिति देखेपछि भ्रातृ संगठन भंग गरेको आरोप लगाउनुभयो ।
पार्टीको देशव्यापी कार्यक्रममा हजारौं मानिस उपस्थिति गराउने तिनै तरुण दल, महिला संघ, नेविसंघलाई विघटन गरेर कार्यकर्तालाई हतोत्साहित पार्ने काम सभापतिबाट भएको उहाको टिप्पणी थियो । त्यस्तै देउवाले माओवादी इमान्दार भएर आए अझै पनि तोकिएको समयभित्र शान्ति प्रक्रिया पूरा गरी संविधान जारी हुने सम्भावना रहेको बताउनुभयो ।
संविधान जारी हुनुभन्दा अगाडि माओवादीका लडाकुको समायोजन, हतियारको व्यवस्थापन, कब्जा धनसम्पत्ति फिर्ता र वाईसीएलको अर्धसैनिक संरचना भंग हुनुपर्ने देउवाको जोड थियो । प्रमुख तीन दल एकैठाउँमा बसेर प्याकेजमा सहमति गरेमा सबै समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया