Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

काठमाडौँ – सल्यानको शारदा नगरपालिका-३ बयलडाँडा स्थित जिल्ला प्रहरी कार्यालयको कम्पाउन्ड भित्र ठूलो सङ्ख्यामा बम भेटिएको छ। नयाँ भवन निर्माणका लागि जग खन्ने क्रममा जमिनमुनि गाडिएको अवस्थामा ८६ वटा बम फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्ण केसी का अनुसार भेटिएका सामग्रीमध्ये ८२ वटा सकेट बम, तीनवटा सुतली बम र एउटा बोतल बम रहेका छन्। थप उत्खनन गर्दा सात थान रेडियो वेभ, करिब ५ सय ग्राम विस्फोटक पदार्थ, बम बनाउन प्रयोग हुने करिब दुई किलो सामग्री तथा १० मिटर फाइरिङ केबल पनि बरामद गरिएको छ। उनका अनुसार ती सबै सामग्री पुराना र खिया लागेका अवस्थामा रहेका छन्। द्वन्द्वकालमा सुरक्षाका लागि गाडेर राखिएको हुनसक्ने अनुमान गरिएको छ।

फेला परेका बम सुरक्षित रूपमा निष्क्रिय पार्न नेपाली सेना का विभिन्न इकाइसँग समन्वय गरिएको छ। सिमखर्कस्थित सिद्धिबक्स गण र भैरहवास्थित कालीभक्ती गणका टोलीहरू घटनास्थलमा पुगेर बम डिस्पोज गर्ने तयारीमा छन्।

तपाईको प्रतिक्रिया