Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सलमान खानको बहुप्रतीक्षित फिल्म ‘सिकन्दर’ले बक्स अफिसमा अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन। समीक्षक र दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको यस फिल्मको कमाई अपेक्षाभन्दा निकै कम भइरहेको छ।

फिल्मले पहिलो दुई दिनमै एक सय करोड भारु पार गर्ने लक्ष्य राखिएको थियो। तर लक्ष अनुसार त्यो सम्भव भएको छैन। बक्स अफिस ग्राफ द्रुत रूपमा घट्दै गएको छ। पहिलो दिन २६ करोड भारु कमाएको सिकन्दरले दोस्रो दिन २९ करोड, तेस्रो दिन १९ करोड ५ लाख र चौथो दिन झरेर ९ करोड ७५ लाख मात्र कमायो। चार दिनसम्मको कुल कमाई ८४ करोड २५ लाख करोड भारु पुगेको छ।

यसैबीच, बलिउडमा फिल्मलाई खुलेर समर्थन गर्नेहरूको संख्या पनि कम देखिएको छ। सलमानले एक अन्तर्वार्तामा फिल्म उद्योगमा सेलेक्टिभ सपोर्टको विषय उठाएका थिए। हिन्दी फिल्म उद्योगका धेरै कलाकारहरू मौन रहेका बेला, सनी देओलले मात्र सामाजिक सञ्जालमार्फत ‘सिकन्दर’ को प्रचार गरेका छन्। आमिर खानले पनि सिकन्दरको प्रमोशनल भिडियोमा भाग लिए।

अर्कोतर्फ, मलयालम ब्लकबस्टर ‘एल २: एमपुरान’ ले उत्कृष्ट कमाई गरिरहेको छ। जुन ‘सिकन्दर’ भन्दा दुई दिनअघि मात्र रिलिज भएको थियो। अब, आगामी दिनमा ‘सिकन्दर’को कमाई सुधार हुन्छ कि के हुन्छ त्यो हेर्न बाँकी छ।

तपाईको प्रतिक्रिया