Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

काठमाडौँ – कानुनमन्त्री सोबिता गौतम ले सरकारले ल्याएका अध्यादेश कुनै स्वार्थ पूरा गर्न नभई कामलाई छिटो र प्रभावकारी बनाउन ल्याइएको स्पष्ट पारेकी छन्।आइतबार बिहान सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले सरकारले जनताका समस्या छिटो समाधान गर्न अध्यादेशको बाटो रोजेको बताइन्। उनका अनुसार सरकारको उद्देश्य राम्रो काम गर्नु र सेवाप्रवाहलाई तीव्र बनाउनु हो।

उनले विगतका सरकारहरूले अध्यादेशको दुरुपयोग गरेका उदाहरणहरू रहेको स्वीकार गर्दै यसपटकको अवस्था फरक रहेको दाबी गरिन्। ‘अहिलेको सरकार कामलाई गति दिन चाहन्छ,’ उनले भनिन्। मन्त्री गौतमले सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी सबै अध्यादेश संसद्मा पेस गरिने पनि जानकारी दिएकी छन्।

मन्त्री गौतमले भनेकी छन्, ‘सामान्य प्रक्रियाबाट विधेयक पारित गर्दा हुन्थ्यो नि त भन्ने कुराहरू पनि हुनसक्छ। संसद्‌मा गएर एकदम फास्ट ट्र्याकमा काम गर्दाखेरि पनि कम्तीमा तीन/चार महिना लाग्नसक्छ। त्यसकारण सरकारले द्रुत गतिमा, प्रभावकारी रूपमा काम गर्न अध्यादेश सिफारिस गरेको हो। राष्ट्रपतिबाट जारी भएका सबै अध्यादेशहरू हामी संसद्‌मा पेस गर्छौं।’

तपाईको प्रतिक्रिया