Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – साउदी अरबमा हज यात्राका क्रममा सयौं नागरिकको ज्यान गएपछि, इजिप्ट सरकारले गैरकानुनी ट्राभल एजेन्सीहरू बन्द गरेको छ। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार, इजिप्टले १६ वटा ट्राभल एजेन्सीमाथि प्रतिबन्ध लगाएको छ, जसले पर्याप्त तयारीविना हजयात्रीहरूलाई पठाएर कैयौंको ज्यान जोखिममा पारेका थिए।

हिजो इजिप्टका प्रधानमन्त्री मुस्तफा मदबुलीले आपत्कालीन बैठक बोलाई, प्रक्रिया पूरा नगरी र पूर्वतयारीविना यात्रीहरूलाई साउदी अरब पठाउने ट्राभल कम्पनीमाथि प्रतिबन्ध लगाउन र तिनीहरूका सञ्चालकलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिए। कतिपय ट्राभल एजेन्सीहरूले गैरकानुनी तरिकाले हजयात्रीहरूलाई साउदी पुर्‍याएको आशंका गरिएको छ। इजिप्टका ५० हजार नागरिक साउदी अरब गएका थिए, जसमध्ये दीर्घरोगका कारण ३१ जनाको र साउदीको चर्को गर्मीका कारण ६०० भन्दा बढी इजिप्टका नागरिकको ज्यान गएको छ।

इजिप्टका विदेशमन्त्री समेह शुक्रीले ज्यान गुमाउनेमध्ये धेरैजसो दर्ता नभएका तीर्थयात्री रहेको र यस घटनामा ट्राभल कम्पनीहरू नै मुख्य दोषी रहेको बताएका छन्। उनले हराइरहेका इजिप्टका तीर्थयात्रीलाई चाँडोभन्दा चाँडो खोज्न र सबै तीर्थयात्रीलाई सुरक्षित घर फर्काउने प्रयास भइरहेको बताएका छन्।

 

तपाईको प्रतिक्रिया