Deneme Bonusu Veren Siteler
शनिबार, असार २७, २०८३
Saturday, July 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – ब्राजिलका अनुभवी फरवार्ड नेमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन्। फिफा विश्वकप २०२६ को प्रि–क्वार्टरफाइनलमा नर्वेसँग २–१ ले पराजित भएपछि उनले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा समाप्त भएको बताएका हुन्।

खेलपछि टिभी ग्लोबोसँग कुरा गर्दै भावुक बनेका नेमारले आफूले सक्दो प्रयास गरे पनि अब राष्ट्रिय टोलीबाट बिदा हुने समय आएको बताए। अमेरिकाको न्यु जर्सीमा भएको खेलमा उनले इन्जुरी समयमा पेनाल्टीमार्फत एक गोल गरे पनि ब्राजिललाई हारबाट जोगाउन सकेनन्।

मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले चोटबाट पूर्ण रूपमा निको नभए पनि अनुभवलाई प्राथमिकता दिँदै नेमारलाई विश्वकप टोलीमा राखेका थिए। त्यस निर्णयको आलोचना पनि भएको थियो। नेमारले प्रतियोगिताका अधिकांश खेलमा वैकल्पिक खेलाडीका रूपमा मात्रै अवसर पाए। नर्वेविरुद्धको खेलमा पनि उनी खेल सकिन करिब १५ मिनेट बाँकी रहँदा मैदान प्रवेश गरेका थिए।

तपाईको प्रतिक्रिया