नयाँ दिल्ली– भारतीय विदेशमन्त्री एसएम कृष्णाले भारत भ्रमणमा रहनु भएका नेपालका प्रधानमन्त्री डा बाबुराम भट्टराई र भारतीय प्रधानमन्त्री डा मनमोहनसिंहवीच दुई मुलुकवीच लामो समयदेखि विवादित रहँदै आएको सुपुर्दगी सन्धी र एयरमार्सल राख्ने लगायतका विवादित विषयमा पनि छलफल हुने बताएका छन् ।प्रधानमन्त्री भट्टराईसँगको भेटपछि शुक्रवार सञ्चारकर्मीसँग कुरागर्दै विदेशमन्त्री कृष्णाले दुई मुलुकवीचको सीमा ब्यवस्थापन गर्ने विषयमा दुबै पक्ष सहमत भईसकेको समेत जानकारी दिए । नेपालमा जारी शान्ति प्रक्रिया र संविधान लेखन कार्य समयमै टुङ्गीयोस भन्ने भारतको सदभाव रहेको उल्लेख गर्दै त्यस कार्यमा भारतको तर्फबाट हुन सक्ने सहयोग गर्न आफूहरु तयार रहेको समेत स्पष्ट पारे ।
उहाँले नेपालका प्रधानमन्त्रीले पनि आफू शान्ति प्रक्रिया निष्कर्समा पुर्याउँदै नयाँ संविधान लेखन कार्यलाई टुङ्गोमा पुराउन केन्द्रीत भएर लागेकोले केही समयभित्रै टुङ्गीनेमा समेत विश्वास ब्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्री डा भट्टराईको भ्रमण आर्थिक सहयोगमा केन्द्रीत हुने जानकारी दिदै भारतले आफ्नो पुजी नेपालमा लगानी गर्न चाहेको समेत बताए ।
उनले आर्थिक विषयमा भ्रमणको क्रममा दुई मुलुकवीच केही महत्वपूर्ण सम्झौता हुने बताए ।








