Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – गायक राजेश पायल राई छुटेका छन्। मादक पदार्थ पिएर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका राईलाई प्रहरीले सचेत गराएर बिहीबार बिहान छाडेको हो। मदिरा सेवन गरेर हाेहल्ला गरेका उनीहरुले सम्झाउने क्रममा प्रहरीलाई समेत थर्काएका थिए। आइन्दा त्यस्तो गतिविधि नगर्ने सर्तमा गायक राईसहितलाई रिहा गरिएको बानेश्वर प्रहरी वृत्तले जानकारी दियो।

मदिरा पिएर होहल्ला गरेको भन्दै स्थानीयले खबर गरेपछि प्रहरीले गायक राईसहितलाई अनामनगर क्षेत्रबाट गएराति पक्राउ गरेको थियो। छुटेलगत्तै गायक राईले फेसबुकमा लेखेका छन्, ‘तपाईंहरूको इटहरी। भोलि भेट्ने हामी। चैत्र २३ योयो, दर्शन नमस्ते।’

 यो पनि पढ्नुहोस् : मध्यराति गायक राजेशपायल राईसहित तीन जना पक्राउ

 

तपाईको प्रतिक्रिया