Deneme Bonusu Veren Siteler
शुक्रबार, असार २६, २०८३
Friday, July 10, 2026

काठमाडौँ – गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गरिएको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्। आफूविरुद्ध भ्रामक प्रचार, गालीगलौज र मानहानि गरिएको भन्दै उनले कानुनी कारबाहीको माग गरेका हुन्। रामकृष्ण ढकालले बिहीबार औपचारिक उजुरी दर्ता गराएको साइबर ब्युरोका एसपी दिलीप कुमार गिरीले जानकारी दिए।

पछिल्लो समय सामाजिक सञ्जालमा उनलाई लक्षित गर्दै विभिन्न आलोचनात्मक र अपमानजनक पोस्ट सार्वजनिक भइरहेका छन्। विशेषगरी जेनजी प्रदर्शनका क्रममा रवि लामिछाने लाई नख्खु कारागारबाट निकाल्दा गाडी चलाएको विषयलाई लिएर उनी विवादमा तानिएका थिए।

ढकालले सामाजिक सञ्जालमार्फत यस्ता गतिविधिले आफ्नो व्यक्तिगत जीवन र कलाकारिताको प्रतिष्ठामा गम्भीर असर परेको बताएका छन्। जापानबाट सञ्चालन भइरहेको एक फेसबुक पेजमार्फत लगातार आक्रमण भइरहेको दाबी गर्दै उनले संलग्न व्यक्तिमाथि अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन्।

 

 

तपाईको प्रतिक्रिया