Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

काठमाडौं – अतिवादी समूह हमासद्वारा गत अक्टोबरमा इजरायलमाथि अप्रत्यासित आक्रमण गरी सयौँ मानिसलाई बन्धक बनाइयो तर ९० वर्षीय अर्जेन्टिनी महिला लियोनेल मेस्सीका कारणले अपहरणमा पर्नबाट जोगिइन् ।

हमासका लडाकुले ती महिलालाई नियन्त्रणमा लिएका थिए तर मेस्सीका कारणले छाडिदिए । ती महिलाले पछि प्रतिक्रिया दिँदा जानकारी दिइन्, ‘मैले भनेँ मेस्सी जुन देशका हुन् म पनि त्यही देशको हुँ…।’

मैले उनलाई सोधेँ, ‘के तिमी फुटबल हेर्छौं ?’
उनले भने, ‘किन नहेर्नु ।’
‘मैले मेस्सीको नाम लिँदा उनी छक्क परेका थिए ।’

उनले पनि मेस्सीलाई मन पराउँदा रहेछन् । ‘त्यसपछि उनले आफ्नो बन्दुक मलाई समात्न भने र मेरो काँधमा हात राखे । उनले मलाई शान्तिको सङ्केत गर्न भने र फोटो खिचे ।’ –युवामञ्च

तपाईको प्रतिक्रिया