Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतको हैदराबादस्थित गाचिबोली स्टेडियममा ७२ औं मिस वर्ल्ड २०२५ सुन्दरी प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। शनिबार आयोजित एक विशेष समारोहमार्फत प्रतियोगिताको उद्घाटन गरिएको हो।

कार्यक्रमको औपचारिक सुरुवात तेलंगानाका मुख्यमन्त्री ए. रेवन्त रेड्डीले गरेका थिए। भारत र पाकिस्तानबीचको तनावका कारण रेड्डी सुरुमा उपस्थित नभए पनि युद्धविरामको घोषणा भएपछि उनी कार्यक्रममा सहभागी भएका थिए। उद्घाटन समारोहमा मिस वर्ल्ड संस्थाकी प्रमुख कार्यकारी अधिकृत जुलिया मोर्ले पनि सहभागी थिइन्।

उद्घाटन कार्यक्रममा सहभागी ११० राष्ट्रका सुन्दरीहरुले आफ्नो-आफ्नो देशको झण्डा बोकेर र्‍याम्पमा हिँडेर राष्ट्रिय पहिचानको प्रदर्शन गरे। प्रतियोगितामा नेपालको प्रतिनिधित्व सृच्छा प्रधानले गरिरहेकी छन्।

तपाईको प्रतिक्रिया