Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

काठमाडौं – फिल्म ‘महापुरूष’ ले प्रदर्शनको ५१ औँ दिन पुरा गरेको छ। प्रदर्शनको आठौँ हप्तामा रहेको फिल्म ‘महापुरूष’ ले शनिवार काठमाडौंसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो।

प्रदर्शनको ५१ औँ दिनको यात्रा तय गरेकोमा कलाकार र निर्माण टिमले केक काट्दै खुसी साटे। फिल्मले शुक्रवारसम्म १० करोड ७० लाख रुपैयाँ कमाएको छ। निर्देशक प्रदीप भट्टराईको ५१ ‌औँ दिन पुरा गर्ने यो चौथो फिल्म हो। यसअघि भट्टराईको डेब्यु फिल्म ‘जात्रा’ सँगै ‘शत्रु गते’ र ‘जात्रै जात्रा’ले समेत ५१ औँ दिन पुरा गरेको थियो।

लेखक तथा निर्देशक भट्टराईले सफलतासँगै दायित्व थपिएको बताए। उनले भने, ‘म सँगै फिल्मकर्मीलाई सामाजिक सन्देश भन्न समेत उर्जा मिलेको छ। यसले नेपालसँगै अमेरिकाको डलासमा समेत ५१ औँ दिन पुरा गरेको छ।’

त्यसैगरि, फिल्म ‘महापुरुष’ पहिलो ‘कार्बन तटस्थ’ फिल्म बनेको निर्माण टोलीको दाबी गरेको छ। निर्माताले कार्बन उत्सर्जन कटौती गर्नेतर्फ फिल्मले महत्वपूर्ण योगदान गरेको बताएका हुन्। फिल्म छायांकनको बेला प्रयोग भएको बिजुली बस ४ हजार किमी गुडेको र यसबाट ३ टन कार्वन उत्सर्जन हुनबाट जोगिएको निर्माण युनिटले बताएको छ।

 

तपाईको प्रतिक्रिया