Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बलिउड हिपहप स्टार बादशाहले नेपाली हिपहप संगीतको प्रशंसा गरेका छन् । हालै प्रशारित एक पडकास्टमा उनले यमबुद्ध र भिटेनको नाम लिएर नेपाली हिपहपको प्रशंसा गरेका हुन्। उनले भने, ‘नेपाली म्युजिक किलर छ । त्यहाँको हिपहप दृश्य पनि जबर्जस्त छ । तपाईंले यमबुद्धबारे सुन्नुभएको छ ? उनी र्‍याप गर्थे, उनको निधन भइसकेको छ । अहिले पनि एक-दुई जना छन् । भिटेन पनि एक हुन् । उनीहरु हिपहपकै जीवन बाँचिरहेका छन् ।’

नेपाली हिपहप संस्कृति आफूलाई मन पर्ने बताउँदै बादशाहले पछिल्लो गीतमा आफूले नेपाली ट्यालेन्ट प्रजिनासँग सहकार्य गरेको सुनाए। ‘नेपाली ट्यालेन्टसँग काम गर्न मजा आउँछ,’ उनले भने। बादशाहले आफ्नो गीत रिलिज हुँदा सुरुमा नेपाल र बंगलादेशमा ट्रेन्डिङमा पर्ने बताए।

उनले नेपाल र भारतबीच धेरै कुरामा समानता रहेको पनि बताएका छन्। ‘मलाई नेपाल मनपर्छ। यो निकै सुन्दर थलो हो। नेपाल र भारतबीच धेरै कुराको समानता छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया