Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

काठमाडौँ – विश्व चर्चित सामाजिक संजाल फेसबुकले आफ्नो फेसबुक म्यासेन्जर एपमा नयाँ फिचर लागु गरेको छ।

यसअघि परिक्षणमा रहेको डार्क मोड फिचर विश्वभर लागू भएको फेसबुकले जनाएको छ।

यस फिचरबाट म्यासेन्जर प्रयोगकर्ताको आँखाले आरामको महशुस गर्ने विश्वास लिइएको छ।

नयाँ फिचर स्वास्थ्यको लागि फाइदाजनक हुने फेसबुले गत जनवरीमा बताएको थियो।

यस फिचरलाई अन गर्नका लागि फेसबुक प्रयोगकर्ताले म्यासेन्जरको प्रोफाइल पिक्चरमा गएर त्यहाँ तल दिइएको डार्क मोड अप्सनमा क्लिन गर्नुपर्ने हुन्छ।

क्लिक गरेपछि म्यासेन्जरको स्वरुप परिवर्तन हुन्छ। म्यासेन्जरको सेतो डिस्प्ले कालोमा परिणत हुन्छ।

यसअघि म्यासेन्जर चलाउँदा आँखा दुख्ने समस्या बढेको प्रयोगकर्ताले गुनासो गरेपछि आफूले नयाँ डार्क मोड फिचर ल्याउने फेसबुकले बताएको थियो। एजेन्सी

तपाईको प्रतिक्रिया