Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

टोकियो – नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि सार्वजनिक गरेको वैदेशिक मुद्राको विनिमय दरअनुसार जापानी येनको भाउमा केही संकुचन देखिएको छ । पछिल्लो समय उतारचढावपूर्ण रहँदै आएको येनको मूल्य आज प्रति १० इकाइको बिक्री दर ९ रुपैयाँ ४० पैसा कायम भएको छ ।

राष्ट्र बैंकको विवरणअनुसार आज १० जापानी येनको खरिद दर ९ रुपैयाँ ३६ पैसा र बिक्री दर ९ रुपैयाँ ४० पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा येनको भाउमा प्रति १० इकाइ २ पैसाको गिरावट आएको हो ।

१ अमेरिकी डलरको खरिद दर १५१.६६ रुपैयाँ र बिक्री दर १५२.२६ रुपैयाँ कायम भएको छ । आज युरोको बिक्री दर १७३ रुपैयाँ ९६ पैसा र खरिद दर १७३.२८ रुपैयाँ कायम भएको छ । पाउन्डको बिक्री दर आज २०३ रुपैयाँ ६४ पैसा रहेको छ ।

खाडी र मलेसियाको मुद्रा दर:-

  • कुवेती दिनार: ४९४ रुपैयाँ ९९ पैसा (नेपाली बजारमा उपलब्ध मुद्रामध्ये सबैभन्दा महँगो)
  • कतारी रियाल: ४१ रुपैयाँ ७७ पैसा
  • युएई दिराम: ४१ रुपैयाँ ४६ पैसा
  • साउदी रियाल: ४० रुपैयाँ ५५ पैसा
  • मलेसियन रिंगिट: ३७ रुपैयाँ ४१ पैसा
  • बहराइन दिनार: ४०३ रुपैयाँ ८८ पैसा
  • ओमानी रियाल: ३९५ रुपैयाँ ४९ पैसा

यसैगरी क्यानेडियन डलरको बिक्री दर १०७ रुपैयाँ १० पैसा, अस्ट्रेलियन डलर १०५ रुपैयाँ ७१ पैसा र दक्षिण कोरियाली वन १०० को विनिमय दर १० रुपैयाँ ०२ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारु) सँगको विनिमय दरलाई भने साविक बमोजिम नै प्रति १०० भारुको खरिद १६०.०० र बिक्री १६०.१५ रुपैयाँमा स्थिर राखेको छ । राष्ट्र बैंकले तोकेको यो दर ‘सन्दर्भ दर’ मात्र भएकाले खुल्ला बजारमा विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दरमा भने केही सामान्य अन्तर हुन सक्ने बैंकले स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया