Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026
काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईको बिहीबारदेखि हुने भारत भ्रमणमा ६ जना मन्त्री जाने भएका छन् । ती मन्त्रालयका सचिवले पनि भ्रमणको मौका पाएका छन् ।
चार दिने सदभावना भारत भ्रमण टोली ३४ सदस्यीय हुने परराष्ट्र स्रोतले जानकारी दिएको छ । टोलीमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थ मन्त्री वर्षमान पुन, सञ्चार मन्त्री जयप्रकाशप्रसाद गुप्ता, भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठी, सिँचाइ मन्त्री महेन्द्र यादव, उद्योग मन्त्री अनिल साह रहने छन् ।
मुख्य सचिव माधवप्रसाद घिमिरेसहित परराष्ट्र, गृह, अर्थ, वाणिज्य र कानुन सचिव टोलीमा रहने परराष्ट्रको भनाइ छ । प्रधानमन्त्रीको भ्रमण टोलीका अन्य सदस्यमा योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री, दुई सभासद्, प्रधानमन्त्री पत्नि हिसिला यमी, उनका स्वकीय सचिव गंगा श्रेष्ठ तथा परराष्ट्रका वरिष्ठ अधिकृत छन् ।

तपाईको प्रतिक्रिया