Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

काठमाडौँ – नेपाली काँग्रेसले पार्टी नेतालाई जिम्मेवारी नै तोकेर सरकारका कामको अनुगमन सुरु गरेको छ । congress

सडक र सदनमा प्रमुख प्रतिपक्षीको भूमिका कमजोर बन्दै गएको गुनासो पार्टीभित्रै उठ्न थालेपछि काँग्रेसले विभिन्न १२ विषयगत समिति बनाएर सरकारको निगरानी थालेको आजको नागरिक दैनिकमा खबर छ । सरकारले लोकतान्त्रिक मूल्य मान्यताविपरित विधेयक निर्माण गर्नुका साथै भूकम्प प्रभावित जनतालाई राहत वितरणमा ढिलाइ र कालोबजारीलाई प्रोत्साहन गरेको काँग्रेसको आरोप छ ।

‘सरकारले गरेका कामको अनुगमन गर्न तीन/चारवटा मन्त्रालय एउटैले हेर्ने गरी जिम्मेवारी तोकिएको छ,’ काँग्रेस सांसद मोहन बरालले भन्नुभयो,‘कार्यविभाजन गरेर सबै मन्त्रालयको काम अनुगमन प्रभावकारी बनाउँछौ ।’ काँग्रेस संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सरकारी कामको प्रभावकारी अनुगमन गर्न विषयगत समितिका संयोजकलाई निर्देशन दिनुभएको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार समिति संयोजकको बैठकमा निर्देशन दिँदै देउवाले जनताको पक्षमा काम गर्न पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गर्नु पर्ने भनाई राख्नुभयो ।

तपाईको प्रतिक्रिया