Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – कमेडी कलाकार प्रभात लामालाई धम्की आएको छ। ‘कमेडी नाइट विथ च्याम्पियन’को पछिल्लो एपिसोडमा पूर्व राजा ज्ञानेन्द्र शाहको क्यारिकेचर गरेपछि उनलाई विभिन्न माध्यमबाट धम्की दिइएको हो। प्रभातले आफूलाई राजावादी बताउने व्यक्तिहरूबाट फोन र म्यासेजमार्फत धम्की आएको बताएका छन्। ती व्यक्तिहरूले “पूर्व राजा विष्णु भगवानको अवतार हुन्, तैले क्यारिकेचर गर्न मिल्छ?” भन्दै गालीगलौज गर्दै ज्यान जोगाएर हिँड्न चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै प्रभातले भनेका छन्, “म गणतान्त्रिक मुलुकको स्वतन्त्र नागरिक हुँ। राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको कार्यको व्यङ्ग्य गर्न पाउने अधिकार मेरो छ भने पूर्वराजाको क्यारिकेचर गर्दा आपत्ति किन?” उनले थप लेखेका छन्, “तपाईंको राजा नआउँदै यति धेरै रिस देखाउनु भएको छ भने साँच्चै राजा फर्किए भने के गर्नुहुन्छ? मलाई मेरो काम गर्न दिनुस्, तपाईं तपाईंको राजा ल्याउँदै गर्नुहोस्।”

प्रभातले जातीय कोणबाट कलाकारमाथि टिप्पणी नगर्न पनि आग्रह गरेका छन्। उनले क्षमता छ भने सबैलाई कलाकारितामा आउन र आलोचना गर्न चुनौती दिँदै जात–जातिको कुरा गर्नु अहिलेको समयमा शोभनीय नरहेको बताएका छन्।

तपाईको प्रतिक्रिया