Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

khapangiयुएई– नेपाल आदिवासी जनजाति महासंघ युएईले आदिवासी जनजातिका अग्रज तथा पूर्वमन्त्री गोरेवहादुर खपांगीको शीघ्र स्वास्थ्य लाभको कामना सहित स्वास्थ्य उपचारको लागि संकलित सहयोग रकम नेपाल पठाएको जानकारी दिएको छ ।

युएईमा क्रियाशील जनजाति संस्थाहरूबाट संकलित ५५ हजार ६ सय ९३ रूपैयाँ कुलप्रसाद पुनको नामबाट नेपाल पठाएको जनाएको छ । सहयोग गर्ने संस्थाहरूमा तमू समाज, भुजेल समाज, मगर संघ, कियाचु, किराँत, राइ, शेर्पा किदुक, तामाङ समाज, नेवा पुचः, थारू प्रवासी लगायतका संस्थाहरू रहेका छन् । नेपाल आदिवासी जनजाति महासंघले एक कार्यक्रमकाबीच सहयोग गर्ने संघसंस्थाहरूलार्इ धन्यवाद दिएको कुरा महासंघका अध्यक्ष गिरमान थापामगरले बताउनुभयो ।

पूर्वमन्त्री खपांगी केही महिना अगाडि मोटरसाइकलले ठक्कर दिई घाइते हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया