Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली चलचित्रलाई ५१ दिन सफलतासहित प्रदर्शन गर्न गाह्रो भइरहेका बेला ‘पूर्णबहादुरको सारंगी’ ले १०० औँ दिन मनाएको छ। निर्माता विनोद पौडेलका अनुसार, यो चलचित्र १० वटा हलमा १०० दिन पुगेको छ।

१५ कात्तिकमा रिलिज भएको यो चलचित्र हालसम्म प्रदर्शन भइरहेकाले निर्माण पक्ष उत्साहित छ। काठमाडौँको सिटी स्क्वायर हल, रञ्जना सिनेप्लेक्स, बनेपाको शुभकामना सिनेमा, बुटवल र धरानसहित विभिन्न हलमा १०० दिन मनाइएको हो। यस अवसरमा दर्शकलाई २७ माघसम्म टिकट दर १०० रुपैयाँ तोकिएको थियो।

सरोज पौडेल निर्देशित चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, माओत्से गुरुङ, बुद्धि तामाङ लगायत कलाकारको अभिनय छ। यो चलचित्रले नेपालमा ४९ करोड र ओभरसिजमा २३ करोड गरी ७२ करोड रुपैयाँ कमाएर नेपाली चलचित्र इतिहासमै सबैभन्दा बढी आम्दानी गर्ने चलचित्र बनेको छ। यसैबीच, निर्माण पक्षले ‘पूर्णबहादुरको सारंगी २’ घोषणा गरेका छन्। तर निर्देशक सरोज पौडेल भने यसमा संलग्न नहुने बताइएको छ। उनी हाल ‘कोशेढुँगा’ चलचित्र निर्देशनको तयारीमा छन्।

तपाईको प्रतिक्रिया