Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

धनगढी –सञ्चारकर्मी तथा लोक दोहोरी गायक राजा राजेन्द्र धनाडीको दोस्रो लोक दोहोरी एल्बम भेटाई देउन मेरी मायालुको म्युजिक भिडियो सार्वजनिक भएको छ । कुसुम रेकर्डिङ स्टुडियो अत्तरियाबाट रेकर्ड भएको प्रेम बियोगमा आधारित उक्त भिडियोलाई बसन्त फिल्मस प्रा. लि काठमान्डौले बजारमा ल्याएको हो । गीतमा पछिल्लो समसमा गीतसगितको क्षेत्रमा आफनो छुटटै पहिचान बनाउन सफल गायक धनाडीको आफने लय, शब्द ताथ स्वर रहेको छ भने निर्मला खडायतले धनाडीलाई साथ दिएकी छन । चर्चित मोडेल सुरज रावल र सरगम श्रेष्ठको अभिनय उक्त म्यूजिक भिडियोमा देख्न पाईन्छ ।

सुदूरपश्चिमको विकट पहाडी जिल्ला बैतडीको तल्लोस्वराड उदयदेव गाबिसमा जन्मनुभएका गायक राजेन्द्र बिगत २ बर्ष देखी धनगढी स्थित रेडियो सुदूर सन्देशमा कार्यरत छन । सञ्चारकर्मी मात्र नभई गीत सगितको क्षेत्रमा उहाले छुटटै पहिचान बनाई सकेका छन । उहाले यस अघि मेरै दिलमा छौ नामक लोक दोहोरी गीत बजारमा ल्याइसक्नु भएको छ । सफल कलाकार बन्नका लागि सबैखालका गीत गाउनु पर्छ भन्ने मान्यता उहाको छ ।

उहाका अरु चोटै चोटको जिन्दगी , मरे पछी बोल्न पाउदैन , बाह्रखरी जस्ता लोक दोहोरी गीत बजारमा आउने क्रममा रहेका छन । केही समयपछि चर्चित तथा ज्योति मगरको सथमा नया गित बजारमा ल्योन तयारीमा धनाडी छन । सानै देखी गीत संगितमा रुची राख्ने र गीत गाउने धोको राख्ने धनाडी अहिले सवैको मन जित्न सफ ल छन ।

गीत संगित तिर लागेर बाँच्न कठिन भएपनि समस्या, चुनौतिलाई सामना गर्दै अगाडी बढे सफल बन्न सकिन्छ भन्ने उहाको धारणा छ । कलाकर्मी एकिकृत भएर नेपाली गीतसंगीतको लागि लडन सके कलाकारको भविष्य उज्वल उहा देख्छन । भिडियोः

https://www.youtube.com/watch?v=suCFiWnXNqg

तपाईको प्रतिक्रिया