Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले विभागले सात दिने पुर्जी जारी गरेको हो। उक्त पुर्जी बूढानीलकण्ठस्थित देउवा निवासमा समेत टाँस गरिएको छ।

यसअघि विभागले शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवालाई पनि उपस्थित हुन बोलाएको थियो। देउवा दम्पतीले भने साउन मसान्तभित्र विभागमा उपस्थित हुने जानकारी दिइसकेको जनाइएको छ।

तपाईको प्रतिक्रिया