Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सडक पेटीमा स्वरोजगार गर्दै जीविकोपार्जन गरिरहेका दृष्टिविहीनहरूले आफ्ना माग पूरा गर्न दबाब दिँदै आन्दोलनलाई १२औँ दिन पनि निरन्तरता दिएका छन्। शुक्रबार उनीहरू माइतीघर मण्डलामा भेला भएर प्रदर्शनमा उत्रिएका हुन्।

आन्दोलनकारीहरूले सडकमा व्यापार तथा सांगीतिक प्रस्तुति गरेर जीवन निर्वाह गर्दै आए पनि पछिल्लो समय सरकारले त्यस्तो काम गर्न नदिएको गुनासो गरेका छन्। उनीहरूले आफूहरूको सम्मानजनक व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्। प्रदर्शनकारीले योग्यता, सीप र अनुभवका आधारमा रोजगारीको व्यवस्था गर्नुपर्ने माग राखेका छन्। यदि रोजगारी उपलब्ध गराउन नसकिए हाल गर्दै आएको स्वरोजगार र सडक सङ्गीतजस्ता पेसा निर्वाध रूपमा सञ्चालन गर्न दिनुपर्ने उनीहरूको भनाइ छ।

यस्तै, सामाजिक सुरक्षा भत्तामा उल्लेख्य वृद्धि गर्नुपर्ने मागसमेत उनीहरूले अघि सारेका छन्। उनीहरुले आफ्ना माग पूरा नभएसम्म आन्दोलनलाई झन् सशक्त बनाउँदै लैजाने चेतावनी पनि दिएका छन्।

तपाईको प्रतिक्रिया