Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

काठमाडौँ – बलिउड अभिनेत्री दीपिका पादुकोणले फीफा वर्ल्ड कपको ट्रफी अनावरण गर्ने भएकी छन् । डिसेम्बर १८ मा हुने अनावरणमा उनी पनि देखिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय सञ्चारमाध्यम अमरउजालाका अनुसार उनी त्यसका लागि केही दिनमा कतारतर्फ जानेछिन् । बलिउडका चर्चित कलाकारमध्ये पर्ने उनले यही वर्ष कान्स फिल्म फेस्टिवलमा समेत सहभागिता जनाएकी थिइन्।

दीपिका फिल्म ‘पठान’मा शाहरुख खानसँग देखिँदैछिन्। पति रणवीर सिंहको मूख्य भूमिका रहेको फिल्म ‘सर्कस’मा पनि दीपिकाको विशेष भूमिका छ । उनी साउथ इन्डियन स्टार प्रभाससँग पनि एउटा फिल्ममा देखिँदैछिन्।

तपाईको प्रतिक्रिया