Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

काठमाडौँ – नेपाली फिल्म ‘कबड्डी ४’ले डायस्पोरा बजारमा बनाएको रेकर्ड ‘छड्के २’ले तोडिदिएको छ। ‘कबड्डी ४’ले जापानमा सबैभन्दा राम्रो कमाई गर्ने नेपाली फिल्मको रेकर्ड बनाएको थियो। यो रेकर्ड अनमोल केसी स्टार फिल्म ‘छड्के २’ले प्रदर्शन अगावै ब्रेक गरिदिएको छ। आगामी मार्च ५ मा टोकियोस्थित नाकानो जेरो हलमा केसी स्टारर ‘छड्के २’ प्रदर्शन हुँदैछ। यो सँगै फुकुओका, ओसाका, नागोया, गुन्मा, सिजोउका, फुकुयामा, सेन्दाई, चिवासहित २० सहरमा समेत फिल्म रिलिज हुने छ।

जापान अधिकार खरिद गरेका सचिन आचार्यका अनुसार फिल्मलाई लिएर त्यहाँ रहेका नेपाली दर्शकको पर्खाइ तिब्र बनेको छ। यो फिल्मले ‘कबड्डी ४’ कै तुलनामा फिल्मले राम्रो कमाइ गर्न सक्ने उनको प्रक्षेपण छ। ट्रेलर नआउँदै दर्शकमाझ देखिएको फिल्मी क्रेजलाई लिएर आचार्यले जापानमा बसोबास गर्ने सबै नेपाली माझ पुगोस भनेर प्रयास गरिरहेको बताएका छन्।

पछिल्लो समय आधा दर्जन भन्दा धेरै नेपाली फिल्म जापानमा प्रदर्शन गरिएपनि प्रचारप्रसारको अभावमा व्यवसायिक सफलता हात पार्न नसकेको उनको भनाई छ। ‘छड्के २’ टोकियोभन्दा बाहिरका सहरमा पनि विक्री भएकाले यो फिल्मले अघिल्लो फिल्मको रेकर्ड ब्रेक गरेको आचार्य बताउँछन्। निगम श्रेष्ठले निर्देशन गरेको यो फिल्ममा अनमोलसहित रविन तामाङ, रेशा आले लगायतका कलाकारले अभिनय गरेका छन्। जडिबुटी तस्करी र बदलाको कथावस्तुमा बनेको फिल्ममा प्रशान्त गिरीले लगानी गरेका छन्।

 

 

तपाईको प्रतिक्रिया