Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

काठमाडौँ – सामाजिक सञ्जाल ट्विटरको नीलो टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने निर्णय तत्कालका लागि खारेज भएको छ । अघिल्लो हप्ता ट्विटरका मालिक एलन मस्कले गरेको निर्णय तत्कालका लागि खारेज भएको हो ।

अमेरिकामा कयौँ नक्कली ट्विटर अकाउन्टहरूले ८ डलर तिरेर निलो अर्थात् ब्ल्यू टिक प्राप्त गरेको र भेरिफाइड ती अकाउन्टबाट फेक ट्विट हुन थालेपछि ट्विटरले शुक्रवारदेखि नै शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो। मस्कले ट्विटर खरिद गर्नु अगाडि ट्विटरमा निलो टिक सेलिब्रेटी, पत्रकार तथा नेताहरुले प्राप्त गर्थे । तर नयाँ नियम लागू भएपछि ८ डलर खर्चेर जो कोहीले पनि निलो टिक लिन सक्ने भएको थियो ।

पैसा तिरेर निलो टिक लिन सकिने नियम लागू भएसँगै यसको दुरुपयोग बढेको समाचार संस्था रोयटर्सले जनाएको छ । विश्वकै धनाढ्य व्यक्ति एलन मस्कले दुई हप्ताअघि मात्रै ४४ अर्ब डलरमा सामाजिक सञ्जाल ट्विटर खरिद गर्नुभएको हो।

ट्विटरको पूर्ण स्वामित्व लिएपछि उहाँले नक्कली अकाउन्ट नियन्त्रण गर्नका लागि निलो टिकसहित प्रमाणित अर्थात् ‘भेरिफाइड’ अकाउन्ट चलाउनेले मासिक आठ डलर तिर्नुपर्ने निर्णय गर्नुभएको थियो । तर यो निर्णय व्यावहारिक नभएको भन्दै आलोचना हुँदै आएको थियो ।

 

तपाईको प्रतिक्रिया