Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

टोकियो । नेपाली लोकतान्त्रिक मंच (एनडिएफ) जापानले आउंदो नोवेम्वर २७ तारिखका दिन महिला हिंसा बिरुद्धको अन्तराष्ट्रिय दिवस मनाउने भएको छ ।
एनडिएफ जापानकी अध्यक्ष सिर्जना काफ्लेले एक बिज्ञप्ति जारी गरी उक्त जानकारी गराउनुभएको हो ।

नोवेम्बर २५ तारिख महिला हिंसा बिरुध्दको अन्तरराष्ट्रिय दिबस भएको र यसलाई १६ दिन सम्म अर्थात डिसेम्बर १० तारिख सम्म बिभिन्न कार्यक्रमहरु गरी अभियानका रुपमा मनाउने चलन रहेको जनाउंदै एनडिएफ़ जापानले नोवेम्बर २७ तारिखका दिन पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरी महिला हिंसा बिरुध्द दिवस मनाउने भएको हो । यो अभियानलाई बिश्वब्यापी अभियानकारुपमा संसारभरि तिब्र पार्दै संसारभरिबाट महिला हिंसा बिरुध्दका प्राप्त ५ हजारभन्दा बढी आवाज आगामी मार्च ८ तारिख अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा नेपाल सरकारलाई बुझाउने कार्यक्रम भएको अध्यक्ष्य काफ़्लेद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ । बिज्ञप्तीका अनुसार कार्यक्रम टोकियो सिन-ओकुबोस्थित नेपाली खाजाघरको सभाहलमा अपरान्ह ३ बजेदेखि हुने भएको छ ।

“विश्वमा शान्ति छाउन घरबाट सुरूवात गरौं: महिला हिंसा अन्त्य गर्न सैन्यवादलाई चुनौती दिऊ” भन्ने संयुक्त राष्ट्र संघद्वारा घोषित यस बर्षको नारासहित हुने सो कार्यक्रममा सहभागिताका लागि नेकपा एमालेको जापानस्थित  भात्तृसंगठन मानिने एनडिएफ़ जापानले जापानस्थित सबै संघसंस्था, संचारकर्मीहरु, ब्यवसायी, बुध्दीजीवी तथा सम्बन्धित सबैमा हार्दिक अनुरोध गरेको छ।

जापानमा महिला हिंसा बिरुध्दको कार्यक्रम नेपालीहरुद्वारा हुन लागेको यो पहिलोचोटी हो । स्मरणरहोस, जापानमा क्रियाशील दर्जनौ संघसंस्थाहरु मध्य एनडिएफ़ जापान हाल महिलाले नेतृत्व गरेको संस्था हो । नेतृत्वमा महिला भएकैले महिला हिंसा बिरुध्दको कार्यक्रम गरिन लागेको त होईन भन्ने बिषयले अहिले नेपाली समुदायमा चर्चा पाउन थालेको छ । ***

तपाईको प्रतिक्रिया