Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले ‘पानोर्मा फार्मेसी’लाई कारवाही गर्न औषधि व्यवस्था विभागलाई पत्राचार गरेको छ। वडा नम्बर २ स्थित त्रिभुवन शिक्षण अस्पताल परिसरमा रहेको यो फार्मेसीमा अनुगमन गर्दा म्याद गुज्रेका औषधि बिक्री गरेको पाइएपछि कारवाहीको लागि सिफारिस गरिएको हो।

अनुगमनका क्रममा भ्याक्सिन र इन्सुलिन राख्ने डी फ्रिजको तापक्रम १३ डिग्री सेन्टिग्रेडमा भेटिएपछि, जुन २ देखि ८ डिग्री सेन्टिग्रेड हुनुपर्ने थियो तर त्यस्तो नपाइएपछि फार्मेसी बन्द गरिएको थियो। महानगरपालिकाले औषधी ऐन २०३५ तथा औषधी विक्री वितरण आचारसंहिता २०८० को दफा ३ अनुसार कारवाही सिफारिस गरेको हो। विभागकी निमित्त प्रमुख सजिना महर्जनका अनुसार यो कारवाहीका लागि पठाइएको पहिलो सिफारिस हो।

औषधिमा मिसावट, म्याद नाघेका औषधि बिक्री, वा अन्य सामानलाई औषधि भनेर बेच्नेलाई कडा कानुनी कारवाही हुनेछ, जसमा कैद र जरिवानाको व्यवस्था छ।

तपाईको प्रतिक्रिया