Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

काठमाडौँ – टर्किस एयरलाइन्सको टिके–७२६ नम्बरको विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगलागी भएको छ। विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार बिहान विमान अवतरण गर्दा टायरमा आगो लागेको थियो। दमकलको सहयोगमा तत्काल आगो नियन्त्रणमा लिइएको उनले बताए।

सिलवालका अनुसार विमानमा २७३ यात्रु र ११ जना चालक दलका सदस्य थिए। सबैलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ र हाल अवस्था सामान्य रहेको जनाइएको छ। घटनापछि प्राविधिक परीक्षणका लागि केही समय रनवे बन्द गरिएको थियो। अहिले विमानको प्राविधिक जाँच भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया