Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

काठमाडौँ – फिल्म ‘झिल्को’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले स्मार्टफोनको लतका कारण परिवारमा देखिने विखण्डन र अभिभावक-सन्तानबीचको दूरीजस्ता सामाजिक समस्यालाई उजागर गर्छ। यही वैशाख १९ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ट्रेलर एक स्कूली बालिकाले मोबाइल स्कूलमा लिएर गएकै कारण शिक्षकको आक्रोश व्यहोर्नु परेको दृश्यबाट सुरु हुन्छ।

फिल्ममा बालिकाको भूमिका आयुषी ढकालले निभाएकी छन् भने अन्य प्रमुख कलाकारमा सुनिल पोखरेल, वर्षा शिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठ छन्। ‘झोला’ जस्तो सामाजिक र ऐतिहासिक फिल्म निर्देशन गरिसकेका यादवकुमार भट्टराईको निर्देशनमा बनेको ‘झिल्को’ ले बालबालिका, अभिभावक, शिक्षक र नीतिनिर्माताबीचको सहकार्य आवश्यक रहेको सन्देश दिन खोजेको छ।

फिल्मको कथा तथा पटकथा भट्टराई, अरुणदेव जोशी र देव व्रतको सहलेखनमा तयार भएको हो। मिडिया फर कल्चर को ब्यानरमा निर्माण भएको फिल्मको छायांकन दीपक बज्राचार्यले, सम्पादन निमेष श्रेष्ठले गरेका छन्। कार्यकारी निर्माता उमेश पौडेल हुन् भने सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य यसका निर्माता हुन्।

तपाईको प्रतिक्रिया