Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

काठमाडौँ – डाक्टर कपिल रिजालको डेब्यु निर्देशकीय फिल्म ‘ह्यारीकी प्यारी’ को ट्रेलर सार्वजनिक भएको छ। आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा पैसाको कारण अभिनेता जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहले विवाह गरेको प्रसंग देखाइएको छ। यसअघि फिल्ममा समावेशी ‘धरहरा’ बोलको गीत सार्वजनिक भइसकेको छ। उक्त गीतमा अभिनेत्री रेखा थापाले नृत्य गरेकी छन्।

बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको फिल्ममा जितु र साम्राज्ञीसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, डिल्लीराम खनाल, रमेश अधिकारीलगायतको अभिनय छ।

फिल्मको कथा निर्देशक रिजाल स्वयंले तयार पारेका हुन् भने पटकथा र संवाद उनीसँगै सुदीप बराल, गिरीराज घिमिरे, अभिमन्यू निरवीले मिलेर लेखेका हुन्। सुदीप बरालले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्। यो फिल्म माघ २० गतेदेखि प्रदर्शन हुँदैछ। निर्देशक कपिल रिजाल दन्त चिकित्सक हुन्।

तपाईको प्रतिक्रिया