Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

काठमाडौं – काउन्टर पोइन्ट रिसर्चको मासिक मार्केट पल्स रिपोर्टका अनुसार सन् २०२२ को दोस्रो त्रैमासिकमा १९.८ प्रतिशत बजार हिस्साको साथ भिभो चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ । मोर ग्लोबल तथा मोर लोकल अवधारणालाई पछ्याउँदै भिभोले स्थानीय संस्कृतिलाई राम्रोसँग बुझेर विश्वव्यापी रुपमा विस्तार गरिरहेको छ ।

हाल, भिभोले ६० भन्दा बढी देश र क्षेत्रमा आफ्नो बिक्री नेटवर्कको शाखा विस्तार गरिसकेको छ र विभिन्न मूल्य दायरामा विश्वभरका ४०० मिलियनभन्दा बढी प्रयोगकर्ताको मन जितिसकेको छ ।

सन् २०२२ को दोस्रो त्रैमासिकको सेल्स परिणामको बारेमा कुरा गर्दै भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, ‘भिभोको विविध पोर्टफोलियोले ब्राण्डलाई आफ्नो नेतृत्व कायम गर्दै राम्रो बजार हिस्सा ओगट्न मद्दत गरेको छ । ब्राण्डले सकारात्मक सन्देश र नवीन क्षेत्रीय रणनीतिद्वारा यो गति हासिल गरेको हो । विशेष गरी युवा ग्राहकबाट ब्राण्डले बजेट फ्रेन्ड्ली खण्डमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।’

नवीनता र प्रविधिमा विशेषत् केन्द्रित भएर भिभोले बलियो गति कायम गर्दै सबै क्षेत्रमा ग्राहकको माया र समर्थनको लागि आफूलाई योग्य साबित गरेको छ ।

उपभोक्ता–केन्द्रित ब्रान्डले आफ्नो भी र वाई सिरिजका कारण यो सफलता तथा लोकप्रियता हासिल गरेको छ । भी श्रृंखला, यसको क्यामेरा–केन्द्रित नवीनता र जेसिस्सँगको साझेदारी तथा वाई श्रृंखला, यसको प्रविधि तथा बजेट फ्ल्यागसीप अनुभवका कारण युवाहरूको रोजाइमा परेको छ ।

तपाईको प्रतिक्रिया